खाली मनोनयनपत्र एमालेले जिल्ला पठायो

काठमाडौँ, १६ कात्तिक- एमालेले प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको टुंगो समयमै लगाउन नसकेपछि अधिकांश दाबेदार मनोनयनपत्र (टिकट) विनै जिल्ला फर्किएका छन् । एमालेले प्रदेश प्रमुखमार्फत जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षहरूलाई अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको खाली मनोनयनपत्र दिएर जिल्ला पठाएको छ । ‘निर्णय भएअनुसार उम्मेदवारको नाम राखेर जिल्लामा उम्मेदवारी दर्ता हुनेछ,’ एमालेका एक नेताले भने एमालेले दोस्रो चरणको निर्वाचनका लागि ७० निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । भैँसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा राति अबेरसम्म बसेको स्थायी समिति बैठकले ८ क्षेत्रबाहेक भागवण्डामा परेका प्रतिनिधिसभाको ६७ निर्वाचन क्षेत्रको उम्मेद्वार टुंगो लगाएको खबर नयाँ पत्रिकामा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?