निधिलाई मधेसवादीले समर्थन नगर्ने, लोकतान्त्रिक गठबन्धन विघटनतर्फ

काठमाडौं, १६ कात्तिक- ४५ जिल्लामा मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १२८ सिटमध्ये बुधबार रातिसम्म ५० प्रतिशत मात्र उम्मेदवार टुंग्याएको छ, अन्नपूर्ण पोस्टमा खबर छ प्रतिनिधिसभाका सबै तथा प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार बिहानसम्म उम्मेदवारको टुंगो लाग्ने संसदीय समितिका एक सदस्यले जानकारी दिए ।उम्मेदवार चयन ढिलाइ हुनुमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल मिलाउनु कारण रहेको उसले जनाएको छ ती नेताले भने, ‘सिट तालमेल गरेरै उम्मेदवारी दिनु राम्रो हुने भन्दै प्रधानमन्त्रीले उम्मेदवारलाई जिल्ला पठाउन चारवटा हेलिकोप्टर स्ट्यान्डबाई राख्नुभएको छ ।’कांग्रेस नेता विमलेन्द्र निधिलाई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले धनुषा क्षेत्र नं. ३ मा नछाड्ने अडान राखेपछि लोकतान्त्रिक गठबन्धन विघटन उन्मुख भएको छ । धनुषा-३ मा निधि र सर्लाही-४ मा अमरेशकुमार सिंहलाई समर्थन गर्न फोरम नेपाल र राजपाले नमानेपछि कांग्रेस र मधेसकेन्द्रित दलबीचको तालमेल भाँडिने चरणका पुगेको हो मनोनयन दर्ता गर्नु एक दिनअघि बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस, राजपा र फोरमका नेताहरूको बैठक बसेको थियो । बालुवाटार बैठकमा धनुषा-३ मा विमलेन्द्र निधिका लागि उम्मेदवारी छाड्न राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई कांग्रेस नेताहरूले आग्रह गरेका थिए । महतोले आफूलाई धनुषा-३ वा सर्लाही-४ मा समर्थन गर्न कांग्रेस नेतासँग आग्रह गरेका थिएनिधिलाई धनुषा-३ र अमरेशकुमार सिंहलाई सर्लाही-४ मा उम्मेदवार बनाएकाले अरू नै क्षेत्र रोज्न महतोलाई कांग्रेस नेताले सुझाएपछि मधेसवादी र कांग्रेसबीच उम्मेदवारीको तय हुन सकेन झापा-३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई नछाड्ने अडान लिएपछि वाम गठबन्धनले लिङदेनलाई समर्थन गर्ने घोषणा गरेको थियो राप्रपालाई कांग्रेसले सिटौलाविरुद्ध लिङदेनको उम्मेदवारी फिर्ता लिन दबाब दिएको थियो झापा-३ मा कांग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरित कांग्रेसले उम्मेदवार उठाएको विषयमा बुधबार राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्री देउवासँग असन्तुष्टि जनाएका थिए झापा-३ मा कांग्रेसले पूर्वमहामन्त्री सिटौला र राप्रपाले महामन्त्री लिङ्देनलाई उम्मेदवार बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?