काठमाडौं । उमेर हदको विवाद चुलिएपछि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ ।
गत असोज १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गरेका थिए । बाढीपहिरोका कारण आइतबार स्थगित बन्दसत्रपछि पनि उमेर हदका विषयमा विवाद टुंगो लाग्न नसक्दा अनिश्चितकाका लागि सम्मेलन स्थगित भएको हो ।
अध्यक्षमण्डलले आज विज्ञप्ति जारी गर्दै सम्मेलन अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको हो ।
उमेरहदका विषयमा विवाद हुँदा पटकपटक कुर्सी हानाहानको अवस्था समेत सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया