गैरजिम्मेवार अभिव्यक्ति दिने गृहमन्त्रीको प्रधानमन्त्रीले गरे बचाउ

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिने गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले नख्खुको बाढीका विषयमा गृहमन्त्रीले दिएको अभिव्यक्तिबारे बचाउ गरेका हुन् ।

गृहमन्त्री लेखकले नख्खु खोलाले बगाएका दुई जनालाई बचाउन नसकेको प्रतिक्रिया दिएका थिए । उनको अभिव्यक्तिको आलोचना भएपछि प्रधानमन्त्रीले बचाउ गरेर त्यहाँका स्थानीयले भनेको आधारमा गृहमन्त्रीले बोलेको प्रतिक्रिया दिए ।

गृहमन्त्री लेखकले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार भइसकेको अवस्थामा उनीहरुलाई बचाउन नसकेको बताएका थिए ।

त्यस्तै ओलीले त्यहाँबाट २ जनाको उद्धार गर्ने चनिकलाल तामाङलाई धन्यवाद दिँदै कहिलेकाही त्यस्तो त्रुटी हुने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘त्यहाँको (नख्खु) मान्छे बगेको रिपोर्ट आयो । गृहमन्त्रीजी आफैँ गएर त हेर्न सक्ने कुरा भएन । मान्छे बगे, बगाएर लग्यो त्यहाँ गएर रेस्क्यू गर्न सकिएन भन्ने खबर आएपछि बगाएर लग्यो नै भनेपछि त्यहाँका मान्छेहरुले जे रिपोर्ट दिए गृहमन्त्रीजीले त्यही भाषा बोल्नुभयो, ‘बगाएर लग्यो बचाउन सकिएन’ । जे रिपोर्ट पाउनुभयो त्यही बोल्नुभयो । अलिक तल फेरि एकजना भाईले समातेर बचाउनुभएछ उहाँलाई धेरैधेरै धन्यवाद छ । अब प्रारम्भिक जानकारी, पूर्ण जानकारी आइ नसकेको अवस्था हुनसक्छ । जानकारी दिँदै नदिनु पनि राम्रो भएन, प्रारम्भिक जानकारी दिएको कुरा कहिलेकाँही फरक पर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?