काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि आएको प्राकृतिक विपत्तिमा सरकारले पूर्वतयारी गर्न नसकेको स्वीकार गरेका छन् ।
आज प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यसअघि यस किसिमको विपत्ति नआएको कारण अहिले जस्तो विपत्तिका लागि सरकारले तयारी नगरेको स्वीकार गरे । उनले भूकम्प, कोरोना लगायत विपत्तिका बेला पनि सरकारले पूर्व तयारी गरे पनि कमी भएको बताए ।
त्यस्तै राजमार्गको निर्माणको ढिलासुस्तीका विषयमा भएका कमीकमजोरीहरु सरकारले देखेको र स्वीकार गरेको बताए । साथै आगामी त्यस विषयमा पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।
बाढीपहिरो लगायतका विपद्का बेला शेयर बजार उठ्न नसक्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया