राजेन्द्र महतो नेतृत्वको मुक्ति क्रान्तिले ७७ जिल्ला संयोजक तोक्यो [नामावलीसहित]

लोकपथ
91
Shares

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७वटै जिल्लामा संयोजक तोकेको छ ।

आज मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षमा काठमाडौंमा बसेको बैठकले ७७ वटै जिल्ला संयोजक मनोनित गरेको हो ।

जसमा काठमाडौंको संयोजक सिवेश बज्राचार्य, भक्तपुरमा गणेश सुकमनि, नुवाकोटमा मुकुन्द शिवलाल रहेका छन् ।

त्यस्तै कास्कीमा राजेन्द्र गौतम, मनाङमा राजिव गुरुङ, स्याङ्जामा अभिमान गुरुङ तथा लमजुङमा खेम नेपाली रहेका छन् ।

मनोनित भएका सबै संयोजक लगायत नेता कार्यकर्ताहरुलाई बाढीपहिरो प्रभावित नागरिकहरुको उद्धार तथा राहतमा जुट्न निर्देश गरिएको छ ।

पूर्वमन्त्री समेत रहेका महतोले लोसपा छाडेपछि तराई–पहाड र हिमाललाई जोड्ने भन्दै मुक्ति क्रान्ति नामक अभियान चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?