कांग्रेसले बोलायो संसदीय दलको बैठक

लोकपथ
371
Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान गरेको छ ।

कांग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मङ्गलबार बस्न लागेको जनाएको छ ।

उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

दुवै बैठक संघीय संसद्् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?