रास्वपाले भन्यो– ‘२ दिनको पानीले दुई तिहाई सरकारको हालत देखाइदियो’

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरको प्राकृतिक विपत्तिको अवस्थामा सरकारले काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

आज बसेको रास्वपाको बैठकपछि बोल्दै पार्टीका सहमहामन्त्री मनिष झाले सरकारले प्राकृतिक विपद्का बेला समेत सरकारले कानमा तेल हालेर बनेको टिप्पणी गरे ।

उनले यसअघि पार्टी सभापति रवि लामिछाने गृहमन्त्री रहेका बेला असोजसम्म नै बाढीपहिरोको जोखिम रहेको बताए पनि सरकारले त्यसलाई बेवास्ता गरेका कारण अहिलेको अवस्था आएको बताए ।

साथै सरकारको ध्यान विपद्बाट कसरी जुद्ने भन्दा पनि रवि, रास्वपा र सहकारीमा खनिने काममा बढी बेतित भएको टिप्पणी गरे । त्यस्तै २ दिन परेको पानीले दुई तिहाईको सरकारको हालत देखाइदिएको भन्दै सरकारप्रति कटाक्ष गरे ।

‘सरकारले रवि रास्वपा र सहकारी बाहेक कुनै काम गरेन,’ उनले भने, ‘२ दिनको पानीले २ तिहाईको औकात देखाइदियो ।’
त्यस्तै सरकारले नयाँ उदाएका दलहरुलाई मात्रै लखेट्ने काम गरेको टिप्पणी गरे ।

आजको बैठकमा पार्टी उपसभापति डा. स्वर्णीम वाग्लेको नेतृत्वमा रास्वपाको चीन भ्रमणका विषयमा समीक्षा भएको बताए । चीनले रास्वपाको राजनीतिक अस्तृत्वलाई राम्रो रुपमा लिएको समेत उनको दाबी छ ।

‘चीन भ्रमणबारे छलफल भयो । चीनले राष्ट्रिय स्वतन्त्र पार्टीको अस्तृत्वलाई राम्रोसँग स्वीकार गरेको पाइयो,’ उनले भने ।

त्यस्तै रास्वपाको आगामी पहिलो महाधिवेशन वैशाख २७ गते चितवनमा गर्ने निर्णय गरेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?