बालक बेचविखन गर्न खोज्ने तीन पक्राउ

विराटनगर, १५ कात्तिक – सडक बालकलाई काम लगाइदिने बहानामा भारत लाने गिरोहमा संलग्न एक भारतीयसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ जिल्ला प्रहरी कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मुरदवा पौटा ग्रामपञ्चायत दाखा कोठी बस्ने ३१ वर्षीय मन्जित सिंह, मोरङ मोतिपुर घर भएका र हाल सुनसरीको इटहरी बस्दै आएका ३६ वर्षीय राजु भण्डारी र सुनसरी इटहरी–१० बस्ने २८ वर्षीय सुरज ऋषिदेव रहेका छन् ती बालकहरु १२ देखि १६ वर्ष उमेरका रहेका छन् । सुनसरीको इटहरीमा बस्दै आएका तीन जना सडक बालकलाई भारतमा काम लगाई दिने वहानामा उनीहरुले भारततर्फ लैजाने क्रममा प्रहरीले विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनीको रेल्वेस्टेशनवाट उनीहरुलाई नियन्त्रण लिएको थियो जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बालबालिका किनबेच तथा ओसारपसारमा संलग्न सुरज ऋषिदेव गिरोहका नाइके रहेको विगत र केही वर्ष अघिदेखि नै सडक बालबालिका भारत पु¥याउने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?