यी डीएसपीको सक्रियताले पक्राउ परे ‘सुटर’, टर्यो आपराधिक घटना

काठमाडौं, १५ कात्तिक—निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यापछि प्रहरी राधानीको सुुरक्षाको मामलामा निकै सर्तक छ राजधानीमा हुन सक्ने आपराधिक गतिविधिलाई रोक्न प्रहरीले चेकजाँजदेखि अनेकन सुरक्षाका उपायहरुलाई चुस्त पारेको बताइन्छ प्रहरीले विभिन्न आपराधिक समूहमाथि प्रहरीले निगरानी त बढाइरहेको छ नै आगामी दिनमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै गोप्यरुपमा विभिन्न रणनीतिहरु पनि तय गरेको बताइन्छ । त्यसैको सफल परिणामस्वरुप आज राधानीमा प्रहरीले महत्वपूर्ण सफलता हात पारेको मात्रै छैन सम्भावित ठूलो क्षतिलाई बेलैमा रोक्न सफल भएको छ प्रहरीले राजधानीमा केहि संकास्पद व्यक्तिहरु हतियारसहित हिँडिरहेको भन्ने सूचना पहिले नै पाएको थियो । सोहि सूचना महानगरीय प्रहरी बृत्त कमल पोखरीसम्म पुग्यो सूचना पाउनेबित्तिकै वृत्तका डिएसपी कुलदीप चन्द चनाखो भइहाले । उनले यति सक्रियता बढाए कि संकास्पद व्यक्तिहरु कमलादी आसपासमा रहेको पत्ता लाग्यो । उनी नेतृत्वको टोलीले ती व्यक्तिहरुको पिछा गरिरह्यो । बुधबार साँझ जब ती व्यक्तिहरु कमलादीस्थित हेरिटेज प्लाजाको एक रेस्टुरेन्टमा प्रवेश गरे त्यतिबेलासामान्य विषयमा विवाद हुँदा फायरिङ गर्ने पुगे पिछा गरिरहेको प्रहरीले तत्कालै घटनास्थलमा पुगेर उनीहरुलाई नियन्त्रण लिन सफल भयो । यद्यपी उनीहरुबीच नै विवाद भएर फाइरिङ भएको हो या रेस्टुरेन्ट सञ्चालकसँग विवाद भएको हो भन्नेचाहिँ प्रहरीले खुलाएको छैन प्रहरीका अनुसार ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् पक्राउ पर्नेमा भारत पञ्जावका जसवित सिंह र हर देवेन्द्र सिंह रहेकका छन् उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ । कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको प्जालामा फायरिङ भएपनि कुनै मानविय क्षति भएको छैन । उनीहरु कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर आएको हुन् भन्नेबारे नखुलेपनि उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका प्रहरीको छ जे होस् डिएसपी चन्दको सक्रियताले अभियुक्तहरु समातिएका छन् र राजधानीमा हुन सक्ने ठूलो सम्भावित घटना टरेको छ । किनकी पेस्तोल र ठूलो परिणामा गोली भेटिनुले उनीहरु ठूलै घटना घटाउने उद्देश्यले राजधानी छिरेको देखिन्छ हुन सक्ने सम्भावित घटनालाई गम्भीर रुपमा लिएर डिएसपी चन्द आफैं फिल्डमा खटिएर अपराधीलाई नियन्त्रणमा लिन सफल हुनुले समग्र प्रहरीकै शीर उँचो भएको छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?