संविधानको कार्यान्वयनसँगै समृद्धि हासिल : प्रदेश प्रमुख भट्ट

लोकपथ
42
Shares

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य, मान्यता र प्रणालीलाई राष्ट्रिय जीवनपद्धति बनाउन संविधान दिवसले नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेकामा जोड दिँदै उनले देशको हित र जनताको उन्नतिभन्दा ठुलो कुनै लक्ष्य हुन नसक्ने बताए ।

वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न सफल भएको प्रदेश प्रमुख भट्टद्वारा जारी सन्देशमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?