वाम गठबन्धनद्वारा उम्मेदवारको टुंगो

इलाम, १५ कात्तिक – वाम गठबन्धनले इलामबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ प्रतिनिधिसभा सदस्यका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका इलाममा दुवै क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) ले उम्मेदवारी दिने भएको छ । क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र क्षेत्र नं २ बाट पूर्वसभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुहुने भएको छ त्यस्तै प्रदेशसभा सदस्यका लागि गठबन्धनका तर्फबाट तीनवटा क्षेत्रमा एमाले र एउटामा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारी दिने भएको छ । क्षेत्र नं १ को (क) बाट एमाले प्रदेश कमिटी सदस्य खिनु लङ्वा (लिम्बु), १ को (ख) बाट एमालेका क्षेत्र नं १ को क्षेत्रीय कमिटी अध्यक्ष काजीमान कागतेले उम्मेदवारी दिनुहुनेछ क्षेत्र नं २ को (क) बाट एमालेका जिल्ला अध्यक्ष रामबहादुर राना र क्षेत्र नं २ को (ख) बाट माओवादी केन्द्रका जिल्ला इन्चार्ज धिरेन शर्माले उम्मेदवारी दिने बताइएको छ संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटी अध्यक्ष राना र माओवादी केन्द्रका जिल्ला इन्चार्ज शर्माले चुनावी तालमेल र पार्टी एकीकरणले देश एवं जनताका लागि फाइदा पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?