‘संविधानमा भनिएको रोजगारीको अधिकार कार्यान्वयन नहुँदा युवाहरु विदेशिन बाध्य भए’ (पूर्णपाठ)

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भनिएको रोजगारीको अधिकार प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसक्दा युवाहरु विदेश जान बाध्य भएको बताएका छन् ।

आज सरकारले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले संविधानलाई जीवनमय बनाउनका लागि राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी रहेको बताए ।

‘संविधानमा भनिएको रोजगारीको अधिकार प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेकै कारण आज युवाहरु रोजगारीकै लागि देश छोड्न विवश छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले संविधानलाई जीवन बनाउनुपर्छ भन्ने गरेको हुँ । यसलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी छ । सरकार यस कुरामा दृढ छ र यसको प्रभावकारी कार्यान्वयन गर्न लागि परेको छ ।’

त्यस्तै नेपालको संविधान २०७२ ले सबैलाई प्रतिस्पर्धाका लागि समान आधार तयार गरेको बताए । नागरिकको जीवन उकास्न ज्यालामा आधारित रोजगारीलाई मर्यादित एवं सुरक्षित बनाउने र योगदानमा आधारित सामाजिक सुरक्षामार्फत् सेवा निवृत्तिपछि उनीहरुको जीवन सहज र सुखी बनाउने कुरामा सरकार दृढ रहेको बताए ।


त्यस्तै संविधानबारे केही टिकाटिप्पणीहरु बाँकी रहे पनि मुल असहमतिको विषयहरु निरुपण भएको बताए । संविधान जारी हुँदा ९ वर्ष अघि देखिएको असहमति अहिले शान्त रहेको बताए ।

‘अपवादलाई छोडेर यस संविधानले सबै नेपालीको भावनालाई समेटेको छ । यदी सबैको भावना नसमेटिएको हुन्थ्यो भने नौँ वर्षअघि संविधान जारी हुँदाको असहमति त्यतिकै शान्त हुने थिएन,’ ओलीले भनेका छन्, ‘आज म संविधान दिवस मनाइरहँदा, असहमतिको आडमा हामीबीचको सद्भाव खल्बल्याउन खोज्ने शक्तिहरुका विरुद्ध एकहुने आम नेपाली जनताको सुझबुझपूर्ण सहयोगको स–गौरव स्मरण गर्दै विशेष धन्यवाद भन्न चाहन्छु ।’

त्यस्तै वर्तमान व्यवस्था निरंकुश वंश शासनको निरन्तरतालाई चिरेर अघि बढेको भन्दै इतिहास पछि नफर्किने बताए ।
आज संविधान निर्माणको १० वर्ष पूरा भएको छ । आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस हर्षोल्लासका साथ मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?