काठमाडौं । केही समयदेखि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक अभियान चलाइरहेका राजेन्द्र महतोले पार्टी घोषणा गरेका छन् ।
उक्त अभियानका संयोजक समेत रहेका महतोले मंगलबार विधिवत रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ को घोषणा गरेका हुन् ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालको राष्ट्रिय समिति बैठकमा अवसरमा महतोले पार्टीको घोषणा गरेका हुन् । उक्त पार्टीको अध्यक्ष आफैँ रहने समेत उनले जानकारी गराएका छन् ।
त्यस्तै आगामी कार्तिकमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी रहेको उनले बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले गत फागुनमा उक्त अभियानको सुरुवात गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेपछि उनले नयाँ अभियानको थालनी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया