राष्ट्र संघको महासभामा नेपालका समस्या र चुनौतीबारे कुरा उठाउँछु : प्रधानमन्त्री ओली

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नेबारे सदनलाई जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओली आफ्नो प्रतिनिधिमण्डलको टोलीसहित आगामी असोज ४ गते अमेरिका प्रस्थान गर्दैछन् ।

संयुक्त राष्ट्र संघको महासभामा नेपालका तर्फबाट उठाउने विषयबारे प्रधानमन्त्री ओलीले सदनलाई जानकारी गराएका हुन् ।
‘त्यहाँ राष्ट्रका विषयहरु, राष्ट्रका कुराहरु, राष्ट्रका समस्याहरु, राष्ट्रका चुनौतीहरु, राष्ट्रका अभिभाराहरु, यसमा केन्द्रित भएर त्यहाँ छलफल गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने ।

हाम्रो संसद्को गरिमामा आँच आउने कुराहरुलाई संयुक्त राष्ट्रसंघको महासभामा नउठाउने समेत बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले विश्व समुदायसामु नेपालको स्पष्ट दृष्ट्रिकोणलाई उठाउने समेत बताए । साथै मुख्यगरी जलवायु परिवर्तनका कुराहरुलाई संयुक्त राष्ट्र संघमा उठाउने जानकारी सदनलाई गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?