राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका सभापतिहरुले लिए शपथ

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दुई समितिका सभापतिहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समिति सभापतिमा तुलसा कुमारी दाहाल निर्विरोध निर्वाचित भएका थिए ।

नवनिर्वाचित सभापतिहरुलाई राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

रिक्त रहेको दुई समितिमा निर्वाचन गर्ने तयारी गरिएकोमा आपसी सहमतिपछि दुवै समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?