माओवादीले भन्यो– ‘सरकारसँग असन्तुष्ट भए पनि हामी आज सदन चल्न दिन्छौँ’

लोकपथ
77
Shares

काठमाडौं । ‘हिंसा’ शब्दलाई लिएर संसद्मा अवरोध गरिरहेको माओवादी केन्द्रले आज बस्ने प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने भएको छ ।

आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा अवरोध नगर्ने बताए ।

एमाले सांसद योगेश भट्टराईले माओवादी द्वन्द्वकालसँग जोडेर हिंसा शब्द प्रयोग गरेपछि माओवादीले निरन्तर संसद्मा अवरोध खडा गर्दै आइरहेको छ ।

तर आजको बैठकमा अधिवेशनको अन्तिम बैठक भएको र विदेश भ्रमणअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने भएकाले अवरोध हटाउने निर्णय गरेको हो ।

यसअघि आइतबार सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा सहमति खोज्न राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर छलफलमा माओवादीले आफ्नो अडान कायमै राखेपछि प्रतिनिधि सभा बैठकमा आजका लागि सारिएको थियो ।

आजको परामर्श सुमितिको बैठकमा माओवादी प्रमुख सचेतक पाण्डेले भने, ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौँ, तर प्रम विदेश ज ाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौँ । सभामुखको विरोधमा छैनौँ । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?