राजधानीमा फेरि गोली चल्यो, ५१ राउण्ड गोलीसहित २ भारतीय सुटर पक्राउ

काठमाडौं, १५ कात्तिक— राजधानीमा फेरि गोली चलेको छ । कमलादीस्थित हेरिटेज प्जालामा गोली चलेको हो । यद्यपी कुनै मानविय क्षति भने भएको छैन प्रहरीले घटनास्थलबाट अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ गरेको छ पक्राउ पर्नेमा भारत पञ्जावका जसवित सिंह र हर देवेन्द्र सिंह नाम रहेका छन् उनीहरु कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर आएको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपी उनीहरु सुटर भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ केहि साताअघि मात्रै निर्माण व्यवसायी शरद गौचनमाथि वानेश्वरमा दिउँसै गोली प्रहार हुँदा उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?