संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

लोकपथ
154
Shares

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार भदौ ३१ गते अर्थात् भोलि राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य हुनेछ ।

त्यसो त भोलिका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । भोलि दिउँसो १ बजे बैठक बसेपछि अधिवेशन अन्त्य गर्न लागिएको हो ।

आज पनि प्रतिनिधि सभा बैठक बोलाइए पनि माओवादीले संसद्मा अवरोध कायम राख्ने भएसँगै बैठक भोलिसम्मका लागि सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?