काठमाडौं । संसद्मा जारी विवाद समाधानका लागि सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा सहमति जुट्न सकेन ।
बिहान ११ बजेबाट सिंहरदरबारमा बसेको बैठकमा निष्कर्ष निस्कन नसक्दा प्रतिनिधि सभा बैठक समेत प्रभावित भएको छ ।
आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । तर सभामुख घिमिरेले सचेतक र प्रमुख सचेतकसँग छलफल भएको र माओवादीले थप १ घण्टा मागेपछि २ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक सारिएको हो ।
गत भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी हिंसाको कारण देशमा प्रयाप्त मात्रामा विद्युत उत्पादन हुन नसकेको भन्दै कटाक्ष गरेका थिए । माओवादीले हिंसा शब्द प्रयोग भएको भन्दै आपत्ति जनाउँदै आइरहेको छ ।
यसअघिका संसद् बैठकहरुमा सोही विषयलाई लिएर विवाद हुन थालेपछि सभामुख घिमिरेले सहमतिको प्रयास खोजेका हुन् ।
माओवादी प्रमुख सचेतक आफूले सो विषयमा आफ्नो दलसँग छलफल गर्ने र सोही अनुसार अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया