‘हिंसा’ शब्दले संसद्मा हंगामा भएपछि सहमति खोज्दै सभामुख, बोलाए बैठक

लोकपथ
84
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले बिहान ११ बजेका लागि राष्ट्रिय दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकलाई बैठकका लागि बोलाएका हुन् ।

आजको बैठकमा संसद्मा जारी अवरोधबारे छलफल हुनेछ । नेकपा माओवादी केन्द्रले निरन्तर संसद्मा अवरोध गरेपछि सभामुख घिमिरेले त्यसको समाधानका लागि बैठक आह्वान गरेका हुन् ।

गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसद्मा माओवादी हिंसा भन्ने शब्द प्रयोग गरेपछि माओवादी सांसदहरुले एमालेले माओवादी जनआन्दोलनलाई अपमान गरेको भन्दै आपत्ति जनाइरहेका छन् ।

त्यसो त गत भदौ २६ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले हिंसा शब्द प्रतिनिधि सभा नियमावली विपरित नरहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए । तर माओवादी सांसदहरुले सभामुखको भूमिकामाथि नै प्रश्न उठाउँदै आपत्ति जनाएका हुन् ।

साथै उक्त शब्द रेकर्डबाट नहटाइए आफूहरुले निरन्तर विरोज गर्ने माओवादीको चेतावनीपछि सभामुखले सहमतिको प्रयास खोज्न राष्ट्रिय दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?