गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु पर्‍यो : प्रचण्ड 

लोकपथ
91
Shares

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु परेको बताएका छन् । 

झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताएका हुन् । 

सर्वोच्च अदालतले गिरीबन्धुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टापट्टा दिने निर्णय उल्टाएको छ ।

सो मुद्दाको पूर्णपाठमा २०६१ सालमा सट्टापट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रुपमा गणना गर्नु भन्ने उल्लेख छ । 

अदालतको सो आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ ।  जमिनको कारोबारमा रोक लगाएपछि त्यहाँ रहेका ५ सयभन्दा  बढी घरधुरी अन्यौलमा परेका छन् ।

उनीहरूले मन्त्रीस्तरबाट निर्णय भएर लामोसमय देखि कारोबार भईरहेको सो जमिनको विषयमा उत्पन्न अन्यौलता अन्त्य गर्न माग गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । 

ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड  बसपार्कको जमिनमा उत्पन्न समस्याको बारेमा जानकार रहेको बताएका छन् । उनले यिनै मुद्दा उठाउँदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानका लागि सकारात्मक रहेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?