‘देश र जनताका निम्ति काम गरौँ’

लोकपथ
42
Shares
फाइल तस्बिर

नवलपरासी ।  उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताएका छन्  । 

शनिवार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवं पैगामे अमन सम्मेलनमा उनले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्ने बताएका हुन् । 

उपराष्ट्रपतिले भने, ‘सामाजिक कार्य र धार्मिक उत्सवहरूमा सक्रिय सहभागिता र अन्तर घुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूल मन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो।’ उनले भने 

देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमान्दारी, परोपकारी भाव एवं व्यवहार आवश्यक पर्ने  उनले बताए । अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?