जनार्दनका भाइ र वर्षमानकी बहिनीले टिकट पाएपछि माओवादीमा बबाल

काठमाडौं, १५ कात्तिक । माओवादी केन्द्रले नेताहरु वर्षमान पुनकी बहिनी र जनार्दन शर्माका भाइलाई टिकट दिएपछि विरोधका आवाज उठ्न थालेको छ वाम गठबन्धनको तर्फबाट माओवादीले काठमाडौं १ मा जनार्दन शर्माका भाइ अनिल शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । काठमाडौं १ एमालेले पाउने सहमति भएकोमा अन्तिममा माओवादीलाई छाडेपछि शर्मा उम्मेदवार बनेका हुन् त्यस्तै त्यस्तै प्रदेशतर्फ ललितपुरको १ क मा वर्षमान पुनकी बहिनी सुशीला पुन उम्मेदवार बनेकी छिन् उनीहरुलाई टिकट दिइएकोमा माओवादी भित्रै असन्तुष्टि पैदा भएको छ । नेताका आफन्तलाई उम्मेदवार बनाएको भन्दै माओवादी कार्यकर्ताले विरोध जनाएका छन् उनीहरुले टिकटका आकांक्षी धेरै भएपनि नेताहरुले आफन्त र परिवारवाद लागु गरेको भन्दै विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?