स्पेन र श्रीलंकाका प्रस्तावित राजदूतका यस्ता छन् प्रतिबद्धता

लोकपथ
21
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले स्पेन र श्रीलंकालगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सकिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलगायतका प्रस्तावित राजदूतको सुनुवाइ गरेको हो  । 

सुनुवाइका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले दुई देशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । 

त्यस्तै उनले नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने बताए । 

उनले भने, ‘नेपाल र स्पेनबीच उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्नेछु । साथै नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास पनि गर्नेछु ।’

नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबिच नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरुलाई क्रियाशील बनाउन पहल गर्ने पनि उनको भनाइ छ । 

त्यस्तै श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कूटनीतिलाई केन्द्रबिन्दु बनाएर काम गर्ने प्रतिबद्धता जनाए । 

उनले भने,‘ आर्थिक कूटनीतिलाई केन्द्रबिन्दु बनाएर काम गर्नेछु । लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गरिने छ । 

उनले  लुम्बिनी, काठमाडौं र कोलम्वोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?