उद्योग मन्त्री भण्डारीसँग चिनियाँ व्यवसायीहरुको भेटवार्ता

लोकपथ
35
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग चिनका व्यवसायीहरुले भेट गरेका छन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जन बढी व्यवसायीहरुले नेपालमा लगानीको वातावरणका विषयमा अन्तरक्रिया गरेका हुन् । 

अन्तरक्रियाका क्रममा चिनियाँ व्यवसायीहरुले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका छन् । चिनियाँ व्यवसायीहरुलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरुमा लगानी गर्न आग्रह गरे । 

उनले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनैपनि नितिगत जटिलताहरु नरहेको बताए । चिनमा भैरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेकोे बताउँदै नेपालको कृषि, विद्युत, पर्यटन, शिक्षा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । 

काभ्रेको पाँचखालमा चिनको लगानीमा उद्योग सञ्चालनको तयारी भैइरहेको विषयमा मन्त्री भण्डारीले लगानीकर्तालाई पर्याप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताए । उनले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनैपनि समयमा आइपर्ने समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरे ।

उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरु नभएकाले उद्योगमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा कम्पनी दर्ता गर्दा निःशुल्क रुपमा अनलाइन बाटै दर्ता प्रक्रिया रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?