झक्कुल सुवेदी पनि चुनावी मैदानमा, यस्ता छन् काठमाडौंमा माओवादी उम्मेदवार

काठमाडौं, १५ कार्तिक । नेकपा माओवादी केन्द्रले पहिलो संविधानसभा निर्वाचनमा एमालेका तत्कालिन महासचिव माधवकुमार नेपाललाई पराजित गरि चर्चामा आएका झक्कु सुवेदीलाई यसपटक पनि उम्मेदवार बनाउने भएको छ यस पटक भने उनी काठमाडौं–६ बाट चुनाव लड्ने भएका छन् । सुवेदीले यस पटक नेपाली कांग्रेसका नेता एवं वर्तमान रक्षामन्त्री भिमसेनदास प्रधानसँग चुनाव लड्नुपर्ने छ । प्रधान सो क्षेत्रका निर्वाचित निवर्तमान सांसद पनि हुन् यस्तै वाम गठबन्धनको तर्फबाट काठमाडौं १ मा अनिल शर्मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनी माओवादी नेता जनार्दन शर्माका सहोदर भाई हुन् । उनले कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग चुनाव लड्नुपर्ने छ यस्तै क्षेत्र नम्बर ८ बाट उमेश स्थापितले टिकट पाएका छन् । उनले कांग्रेस नेता नविन्द्रराज जोशीको सामना गर्नुपर्ने छ । जोशी पनि निवर्तमान निर्वाचित सांसद हुन् यस्तै क्षेत्र नम्वर १० बाट हितमान शाक्यले टिकट पाएका छन् । उनी पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं ६ बाट विजयी भएका थिए भने सोस्रो संविधानसभा निर्वाचन बहिस्कारमा थिए प्रदेशसभा सदस्यतर्फ जम्मा २ सिट पाएको माओवादीले काठमाडौं ३ को क मा रुद्र बराईली र १० को ख मा दिलिप महर्जनलाई टिकट दिएको छ यस्तै ललितपुर ३ मा प्रतिनिधिसभाको उम्मेदवारमा पम्फा भुसालले टिकट पाएकि छिन् । त्यस्तै प्रदेशतर्फ १ को (क) मा वर्षमान पुनकी बहिनी सुशीला पुन र ३ को (क) मा पूर्व सभासद राजकाजी महर्जन उम्मेवार बनेका छन् यता नारायणमान बिजुक्छे निर्वाचन लड्ने समर्थन गर्ने भक्तपुर १ मा माओवादीले मिलन सुवाललाई टिकट दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?