काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले सहकारी प्रकरणमा उनको नाम जोडिएकाले निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
त्यसो त आज प्रतिनिधि सभा बैठकमा बोल्दै गुरुङले पनि आफूमाथि कुनै कसर बाँकी नराखी छानबिन गर्न माग गरेका थिए । थापाले उपसभापतिले संसद्मै सो विषयमा कुरा उठाएकाले छानबिनमा सहयोग हुने विश्वास व्यक्त गरे ।
गुरुङमाथि ललितपुरको मितेरी सहकारी ठगी गरेको आरोप लागेको छ । गुरुङकी पूर्वपत्नी ज्योती गुरुङसँग मिलेर उनले करोडौँ ठगी गरेको केही सञ्चारमाध्यममा प्रशारण भएपछि उनले आफूमाथि छानबिन गर्न चुनौती समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया