काठमाडौं । नेकपा एमालेले पाँचथरमा विस्फोटका कारण दुई नाबालकको मृत्यु भएको घटनामा गृहमन्त्रीको जवाफ मागेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो गम्भीर घटनामा यतिका दिन भइसक्दा समेत घटनामा जोडिएका दोषी पत्ता नलगाएको भन्दै सो बारेमा सरकारले सदनमा आएर जवाफ दिन माग गरेका हुन् ।
उनले भने, ‘सरकारले यस्तो घटनामा गम्भीतारकासाथ अनुसन्धान गर्नुपर्ने देखिन्छ । सामान्यता यतिका दिन भइसक्दा समेत यो घटनामा जोडिएका दोषी को हो ? यो बारेमा सरकारले सदनमा आएर बताउनुपर्छ । यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीज्यूले संसदमा आएर जानकारी गराउनु बढी उपयुक्त हुन्छ । म यो माग गर्न चाहन्छु ।’
उनले सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विस्फोट भएको कुरा बाहिर आइरहेको पनि बताए । गत बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका–५ मासकेट विस्फोटका भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया