ओपोको पुरुष एम्बेसेडरका रुपमा सिद्धार्थ मल्होत्राको घोषणा

काठमाडौं, १५ कात्तिक – ओपोले कार्तिक १२ गते भारतिय अभिनेता तथा पूर्व मोडल सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष एम्बेसेडरका रुपमा घोषणा गरेको छ । सिद्धार्थ मल्होत्रा लोकप्रिय र चर्चाको शिखरमा अघि बढी रहेका ‘मुभी स्टार’ हुन् । ओपोले लामो समयदेखि चिरपरिचित भारतिय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसंग महिला एम्बेसेडरका रुपमा सहकार्य गरिरहेको छ हाल ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्सपर्ट एण्ड लिडर ओपो एफफाइभ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ओपो एफ फाइभ यही नोवेम्बर महिनाको मध्यतिर सार्वजनिक हुने अनुमान गरिएको छ । नयाँ फोनका साथै कम्पनीले आफ्नो ट्याग लाइन ‘ओपो क्यामेरा फोन’ बाट ‘ओपो सेल्फी एक्स्पर्ट एण्ड लिडर’का रुपमा स्थापित गर्दैछ सार्वजनिक हुने तयारीमा रहेको ओपो एफफाइभको प्रमोशनका लागि कम्पनीले आफ्ना फेसबुक, ट्विटर, ईन्स्टाग्राम लगायत सामाजिक सञ्जालको माध्यमबाट विभिन्न क्याम्पेनको समेत आयोजना गरिरहेको छ । यही क्रममा केही दिन अघि कम्पनीले आफ्ना फ्यान्ससंग अन्तरक्रिया बढाउने सोचका साथ सामाजिक सञ्जालमा ‘गेस दि एम्बेसेडर’ क्याम्पेन सञ्चालन गरेको थियो । यही क्रममा कात्तिक १२ गते पुरुष एम्बेसेडरको घोषणाका लागि भिडियो पोष्ट गरी सिद्धार्थ मल्होत्रालाई पुरुष ब्राण्ड एम्बेसेडरका रुपमा घोषणा गरेको हो । कम्पनीले आफुद्वारा सञ्चालित ‘गेस दि एम्बेसेडर’ क्याम्पेनका विजेताको रुपमा प्रविना श्रेष्ठको छनोट समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?