नेसपाको यादव समूहले विस्तार गर्‍यो केन्द्रीय समिति

लोकपथ
84
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्रराय यादव समूहले संगठन विस्तारलाई जोड दिएको छ ।

गत भदौ ११ र १४ गतेसम्म बसेको सो समूहको बैठकले केन्द्रीय समिति र कार्यकारिणी समिति सदस्य थप गर्ने निर्णय गरेको हो ।

जसअनुसार रामकैलाश यादव, मोहम्मद इजरायल, सुरदबहादुर स्याङ्तान, होमकुमारी दोङ तामाङ, सोमबहादुर थिङ, राजु थापा, ढाकाराम गौतम, सुरेन्द्र पटेल, टेकबहादुर बाठामगर, महेन्द्रबहादुर शाही र शिवसुन्दर शाही रहेका छन् ।

त्यस्तै उक्त समूहले कार्यविभाजन समेत गरेको जनाएको छ । जसमा सल्लाहकार समितिको अध्यक्षमा वेदप्रसाद आचार्य, अनुशासन आयोगको प्रमुखमा सुरेन्द्र पटेल, निर्वाचन आयोग प्रमुखमा शिवसुन्दर शाही, लेखापरीक्षण आयोग प्रमुखमा राजु थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?