नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो ।

आजै कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक समेत बसेको थियो । आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल भएको थियो । महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति जुटाउन पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको थियो ।

गत साउन २३ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको हो । आजको बैठकमा महामन्त्रीद्वयले महासमिति बैठकमा पेस गरेको प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?