कांग्रेस बैठक आज : महामन्त्रीद्वयको प्रतिवेदन पारित गर्ने तयारी

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महामन्त्रीद्वयको प्रतिवेदन पास गर्ने तयारी रहेको छ ।

गत फागुनमा सम्पन्न कांग्रेस महासमिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि यसअघिका बैठकमा छलफल भएको थियो । महामन्त्री शर्माले ‘एक्जिट पोलिसी’ र अर्का महामन्त्री थापाले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघिको बैठकमा संस्थापनले उक्त प्रतिवेदनबारे प्रश्न उठाएका थिए । जसको कारण यसअघि भदौ १२ गतेका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

महामन्त्री शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद बन्ने अवधि नै तोकेर जानुपर्ने कुरा उल्लेख रहेको छ । उक्त प्रतिवेदन अनुसार हाल कांग्रेसमा रहेका धेरै नेताहरु आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउनेछैनन् । त्यसकारण संस्थापनको विरोध रहेको थियो ।

सभापति शेरबहादुर देउवाले महामन्त्रीसहित शीर्ष नेताहरुसँग लामो छलफल गरेपछि उक्त प्रतिवेदन पास गर्ने तयारी गरिएको हो ।

आजै दिउँसो १ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको समेत बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?