एमाले छाडेको भोलिपल्टै जो बने कांग्रेसको उम्मेदवार, एमालेले निकाल्यो अनौंठो विज्ञप्ति

काठमाडौं, १५ कात्तिक – एमाले परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको भोलिपल्टै मोहन सिंह राठोरले टिकट पाएका छन् उनी मंगलबार मात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । उनले कैलालीको क्षेत्र नम्बर(२) बाट टिकट पाएका हुन् यस्तै क्षेत्र नम्बर(१) बाट ईश्वरी न्यौपाने उम्मेदवार भएकी छन् । कैलाली(३) बाट रामजनम चौधरीले टिकट पाएका छन् यस्तै कैलाली(५) आरुजु देउवा उम्मेदवार बनेकी छन् । २ को भने टुंगो लाग्न बाँकी रहेको छ यसैबीच एमालेले भने एक विज्ञप्ति जारी गर्दै राठौरलाई पार्टीबाट निस्किाशित गरेको घोषणा गरेको छ । उनले एमालेनै प्रवेश गरेर टिकट नै पाइसक्दा एमालेले भने कारबाहीको घोषणा गर्दै अचम्मको विज्ञप्ति निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?