काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले नै उपाध्यक्षमा हराएको दाबी गरेकी छिन् ।
बिहीबार राति एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष नेपालले आफ्नो प्रतिद्वन्द्वी जयन्ती राईलाई उपाध्यक्ष बनाउन सर्कुलर जारी गरेको खुलासा गरेकी हुन् ।
मंगलबार एकीकृत समाजवादीको पदाधिकारीहरुको चयनका लागि निर्वाचन भएको थियो । जसमा झाँक्री ११२ मत ल्याएर पराजित हुँदा राई १९९ मतसहित निर्वाचित भएकी हुन् । झाँक्री नेपालकै टिममा रहे पनि राई भने महासचिव घनश्याम भुसालको टिमबाट प्रतिष्पर्धामा उत्रिएकी थिइन् । तर नेतृत्वको आलोचना गरेको भन्दै अध्यक्ष नेपालले राईलाई उपाध्यक्ष बनाउनका लागि चिट नै केन्द्रीय सदस्यहरुलाई जारी गरेको झाँक्रीको दाबी छ ।
‘माधवकुमार नेपालले नै तिमि महिला उपाध्यक्ष हुनुपर्छ भनेर महाधिवेशनदेखिबाटै भनिरहनुभएको थियो,’ उनले भनिन्, ‘अन्तिममा दिदि (जयन्ती राई) कै चिट पठाउनुभयो ।’
आफू दुवै टिममा नभएको र आफूले पाएको ११२ मत आफ्नो व्यक्तिगत मत रहेको समेत बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया