उपाध्यक्षमा हारेपछि कांग्रेस नेतृको फोटो राख्दै झाँक्रीले लेखिन्– ‘मिस यू हजुर’

लोकपथ
2.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको उपाध्यक्ष (महिला) को निर्वाचन पराजित भएकी छिन् ।

मंगलबार भएको निर्वाचनमा झाँक्री जयन्ती राईसँग पराजित भएकी हुन् । झाँक्रीले ११२ मत प्राप्त गर्दै राईले १९९ मत प्राप्त गरेकी हुन् । पार्टी र पार्टी भन्दा बाहिर र राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहने झाँक्रीले निर्वाचन हार्नुमा नेतृत्वकै असहयोग भनेर चर्चा हुन थालेको छ ।

पार्टी अध्यक्ष माधव नेपाल निकट भएर पनि उनले निर्वाचन हार्नुलाई अध्यक्षकै हात रहेको भन्दै आलोचना भइरहेको छ ।

निर्वाचनमा पराजितपछि झाँक्रीले सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेको छिन्, जसको विभिन्न कोणबाट चर्चा भइरहेको छ ।

उनले नेपाली कांग्रेसकी नेतृ केन्द्रीय सदस्य लक्ष्मी खतिवडासँगको तस्बिर राख्दै ‘मिस यू हजुर’ लेखेकी छिन् । विद्यार्थी राजनीतिबाट उदाएका दुई पात्र समकालिन राजनीतिमा सँगै संघर्ष गरेका कारण निर्वाचनमा पराजयको बेलामा साथीको आडभरोसा खोजेको हुनसक्ने धेरैको तर्क छ । भने पार्टी नेतृ्त्वको आलोचना गरेका कारण नेतृत्वले नै नरुचाहेर पनि भनिएको छ । त्यसो त पार्टी निर्माणपछि सचिवको जिम्मेवारी पाए पनि उनी भूमिकाविहीन जस्तै थिइन् । जसको कारण कांग्रेसका महामन्त्री गगन थापासहित युवापंक्तिका नेताहरुसँगको राम्रो दोस्तीका कारण कांग्रेस पार्टीतिर पो छलाङ मार्न लागेको हो की भन्ने चर्चा समेत चल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?