काठमाडौंं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।
बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेश भएको थियो ।
गत साउन ३० गते प्रतिनिधि सभा र गत भदौ ६ गते राष्ट्रिय सभाबाट उक्त विधेयक पारित भएको थियो । बुधबार सभामुख देवराज घिमिरेले उक्त विधेयक प्रमाणीकरण गरी राष्ट्रपति समक्ष पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया