योगेशप्रति माधव सापकोटाको कटाक्ष : तपाईं ओलीको चाकडीमा नरमाउनुस्

लोकपथ
707
Shares

काठमाडौं । माओवादी सांसद माधव सापकोटाले एमाले सांसद योगेश भट्टराईप्रति कटाक्ष गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले भट्टराईले बुधबार १० वर्षे सशस्त्र द्वन्द्वलाई हिंसात्मक द्वन्द्व भनेकोप्रति कटाक्ष गर्दै सो कुरा बताए ।

उनले भट्टराईले एमाले नेतृत्वको चाकडी गर्न जनयुद्धको अवमूल्यान गरेको आरोप लगाए ।

‘माननीय योगेश भट्टराईले जनयुद्ध र आन्दोलनलाई अपमान गर्ने र खिसिटिउरी गर्ने अभिप्रायले यो शब्द (माओवादी हिंसा) ल्याउनुभयो हामीले यो सवालमा प्रतिवाद गरेको हो । आन्दोलनलाई अवमूल्यंन गर्ने अधिकार छैन । कमरेड योगेश भट्टराईलाई आफ्नो नेतृत्वलाई चाकडी गर्ने स्वतन्त्रता छ । जनयुद्धका बारेमा विरोध गर्नका लागि उहाँहरुका बैठक भेला र प्रशिक्षण सबैतिर उहाँहरुलाई स्वतन्त्रता छ,’ उनले भने ।

त्यस्तै संसद्मा हिंसा शब्दलाई नियतबस ल्याएर हिंसात्मक बनाउन खोजेको आरोप समेत लगाए । संविधानले नै त्यसलाई सशस्त्र संघर्ष भनेको बताउँदै उनले संसद्को गरिमामा आँच पुर्याउने शब्द नबोल्न आग्रह समेत गरे ।

साथै २०७५ सालमा एमाले माओवादी मिलेर नेकपा बनाएको बेलामा सँगै मिलेर १० वर्षे द्वन्द्व लगायत सबै आन्दोलनलाई क्रान्तिको रुपमा लिने घोषणापत्र समेत स्मरण गराए ।

बुधबारको बैठकमा बोल्दै पूर्व मन्त्री समेत रहेका एमाले सांसद भट्टराईले १० वर्षे हिंसात्मक माओवादी द्वन्द्वका कारण देशले विद्युत उत्पादनमा प्रगती गर्न नसकेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?