हराएका इकु यता भेटिए

काठमाडौं, १५ कात्तिक – ‘इकु’ अर्थात चर्चित कलाकार सुलेमान शंकरले आफ्नो प्रस्तुतिमा अर्काे चलचित्र ‘फिर्के’ बनाएका छन् । चलचित्रको १४ पुस रिलिज मिति सार्वजनिक गर्दै दुई पोस्टर समेत सार्वजनिक गरिएको छ अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डार लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र रवि डंगोलले निर्देशन गरेका हुन् तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ‘बेमान्’को नामले परिचित रविको यो निर्देशनमा डेब्यु नेपाली चलचित्र हो यसअघि ‘ईकु’ र ‘ईकु २’ बनाएका शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक रहेको बताए । चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको चलचित्रमा दुई गीत रहेका छन् । यसै साता एक गीत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा रामकुमार केसीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?