काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेबाट आफ्नो दलमाथि पटकपटक धोका भएको बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले दुई दल कांग्रेस र एमालेलाई मात्रै धोका दिएको भन्ने भाष्य निर्माण भएको भन्दै सो कुरा बताएका हुन् ।
त्यस्तै बैठकलाई सम्बोधन गर्दै आफूले कांग्रेस र एमालेका नेताहरुलाई प्रधानमन्त्री बनाएको विषयमा फेहरिस्त संसद्मा सुनाए ।
‘कांग्रेस एमालेका नेताहरुले संसद्मा भनेको सुने । माओवादीले पालैपालो कांग्रेस र एमालेलाई प्रयोग गर्यो र धोका दियो । साथी हो, कांग्रेस र एमालेले पटकपटक प्रयोग गरेर धोका दिएको हिसाव गर्नुभएको छ ? माओवादीले पटकपटक कांग्रेस र एमालेलाई सरकारमा पुर्याएको हिसाव खै ? माओवादीको साथ पाएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख हासिल गरेको हिसाव खै ? कसको सहयोगमा अघिल्लो पटक झण्डै २ तिहाइको प्रधानमन्त्री हुनुभएको थियो प्रधानमन्त्री केपी ओली जी ? कसले बनाएको हो उहाँलाई पहिलोपटक प्रधानमन्त्री । त्यसको हिसाव चाहिँदैन,’ उनले भने, ‘प्रत्यक्षमा २३ र समानुपातिकमा ४० गरी ६३ सिटको पार्टी नेपाली कांग्रेस यही माओवादीकै बलमा प्रधानमन्त्री भएको होइन ?’
त्यस्तै बैठकलाई सम्बोधन गर्दै उनले सरकारको अहिलेसम्मको काम सन्तोषजनक नभएको भन्दै रचनात्मक रुपमा सरकारविरुद्ध उभिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया