काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएका संस्थापक महामन्त्री डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लवबाट निष्कासित भएको बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लवलाई नभएको जिकिर गर्दै अदालत गुहार्ने संकेतसमेत गरेका छन् ।
उनले भनेका छन्, ‘रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन् हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ ।’
रास्वपा केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेलगत्तै उनको यो प्रतिक्रिया आएको हो । उनले भनेका छन्, ‘रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन् हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ ।’
उनले अघि बढेका छन्, ‘र अर्को कुरा, सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेका छन्, आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पु-याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र, फेरि पनि नैतिकरूपले पतित रविलाई नैतिकताकै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’
रास्वपाले यसअघि ढकाललाई साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो । दुवैपटक जवाफ दिँदा ढकाल सभापति रवि लामिछानेमाथि खनिएका थिए । उनले अध्यक्ष लामिछानेमाथि नैतिकताको प्रश्न उठाउँदै उनमा नैतिक धरातल नरहेको र ‘ठग’ प्रमाणित गर्न आफूसँग प्रमाण रहेको बताएका थिए ।
यअसघि २५ असारमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिनभित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन् ।
आफूमाथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । जसमा रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न उनले आयोगसँग आग्रह गरेका छन् । ढकालले दिएको निवेदनमा आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया