काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षितमुर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरुले काम गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्व विद्यालयको १२औँ सभामा कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताएका हुन् ।
उनले भने,‘गुरुहरुले ऋषिमन र भावका साथ काम गर्नुपर्छ । त्यसो भएमा चेलाहरुले गुरुहरूलाई मान्छन् । विद्यार्थीलाई शिष्ट, नम्र र शाली नहुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूल शिक्षा हासिल भएको मान्न सकिँदैन ।’
सुदूरपश्चिम विश्वविद्यालयको स्थापना पूर्वको छलफलमा आफू सहभागी भएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको संस्कृति र पन झल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई आग्रह गरे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी सभामा उपकुलपतिप्राडा हेमराज पन्तले विश्वविद्यालयको समग्र अवस्था र रजिस्ट्रार प्रायज्ञराजपाठकले कार्यक्रम तथा बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया