काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एयरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको बताएका छन् ।
सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण समारोहमा उनले नेपालको हवाई सेवा राम्रो छ भन्ने विश्वास दिलाउने हो भने मात्र पर्यटकहरू आउने भन्दै उड्डयानको क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिनका लागि चुनौती देखिएको बताए ।
उनले भने, ‘नेपाल एयरलाइन्स खस्किएको छ सबै हिसाबले । अत्यन्तै कमजोर भएको छ । नागरिक उड्डयन क्षेत्रलाई विश्वासिलो बनाउन सकेका छैनौँ । जसले गर्दा कोही पनि विदेशी पर्यटक आउँदै गर्दा नेपालको उड्डयन क्षेत्रलाई हेरेर मूल्याकंन गर्ला । यस क्षेत्रमा विश्वास दिलाउने हो भने मात्र पर्यटकहरू आउँछन् । उड्डयन क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन समस्या देखिएको छ ।’
यस्तै, उनले नेपाल विविध संस्कृतिको देश भएको भन्दै यस्ता सम्पदाहरुको उजागर, संरक्षणसाथै मार्केटिङ पनि गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीसँग विविध संस्कृति छ । यस्तो संस्कृति सबै देशलाई प्राप्त छैन । सम्पदाहरुको उजागर गर्ने, संरक्षण गर्ने र संवर्द्धन गर्न र विविधता पूर्ण संस्कृतिको संरक्षणसँगै यसको मार्केटिङ पनि गर्नुपर्छ ।’
आगामी दिनमा कुनै स्वार्थविना पर्यटकीय क्षेत्रको उत्थानको लागि काम गर्ने विश्वास दिलाउँदै नेपालमा रहेको सम्भावनालाई पहिचान गर्ने दिशामा लाग्नुपर्ने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया