जसपा नेपालले साढे दुई महिनापछि छान्यो पदाधिकारी, रकम चेम्जोङ दोस्रो वरीयतामा (सूचीसहित)

लोकपथ
217
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशन सकेको झण्डै साढे दुई महिनापछि पदाधिकारी चयन गरेको छ ।

जेठ २८, २९ र ३० गते जनकपुरमा सम्पन्न पार्टी महाधिवेशले त्यसबेला अध्यक्ष उपेन्द्र यादवबाहेक अन्य पदाधिकारी छनोट गरेको थिएन । महाधिवेशनले पदाधिकारी छनौटको जिम्मा अध्यक्ष यादवलाई नै दिएको थियो ।

जसपा नेपालले रकम चेम्जोङलाई सहअध्यक्ष बनाएको छ । यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत् बज्राचार्यलाई उपाध्यक्ष बनाएको छ ।

यसैगरी लालबहादुर राउत र रामकुमार शर्मा महासचिव र प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव उपमहासचिव चयन भएको जसपाले जनाएको छ । पार्टी प्रवक्तामा मनिषकुमार सुमन चयन भएका छन् ।

यस्तै, सात जना सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, ल्हाक्पा शेर्पा र कमरुद्धिन राईलाई चयन गरिएको छ । कोषाध्यक्षमा सुरिताकुमारी साहलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?