कांग्रेसलाई तनाव दिनेगरी एमालेको अभिव्यक्तिः अबको ५० वर्ष वामपन्थी सरकार

काठमाडौं, १५ कात्तिक– कांग्रेसलाई तनावदिने गरी एमालेको अभिव्यक्ति आएको छ । एमाले सचिव योगेश भट्टराईले अबको ५० वर्षसम्म वामपन्थी शक्तिले सरकार चलाउने दाबी गरेका छन् । हिजोमात्रै प्रधानम्न्त्ती शेरबहादुर देउवाले बामपन्थीको सरकार आए रुन समेत नपाउने भनि अभिव्यक्ति दिएको भालिपल्ट एमालेको यस्तो कडा अभिव्यक्ति आएको हो बुधबार विहान ताप्लेजुङमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले देशभर चलिरहेको वाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधिसभा मात्र नभई ५० वर्षसम्मका सबै चुनाव वामपन्थीहरुले नै जितेर सत्ता चलाउने अवस्था बनेको दाबी गरे सचिव भट्टराईले केन्द्रीय पहुँचको आधारमा आफ्नै ठाउँबाट विकास सुरु गर्ने लक्ष्यबमोजिम गृह जिल्लाबाट उम्मेदवारी दिएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?