काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनोनीत ती सदस्यलाई शपथ खुवाएको हो ।
मंगलबारसम्म बस्ने बैठकमा पदाधिकारीको टुंगो लगाउन पूर्ण बैठक बसेको हो । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारीलाई पूर्णता दिन लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय सदस्य छन् ।
पोलिटब्यूरो कमिटी र स्थायी समितिसमेत निर्माण गर्ने बैठकले केही नेताहरुको जिम्मेवारी हेरफेर गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया