प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ को घोषणा

काठमाडौँ –प्रोस्टाइल र ग्रुपअफ इभेन्ट एन्टरटेनरर्स (जिइइ) बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ आयोजना गर्ने समझदारी भएको छ प्रोस्टाइल र जिइइले आगामी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ को घोषणाका साथै यो प्रतियोगिताका लागि आवेदन खुला गरेका छन् ।दरबार लाउन्ज, दरबारमार्ग, काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा यो प्रतियोगिताको आवेदन खुला गरिएको घोषणा गरिएको थियो सो कार्यक्रममा भाग लिन ईच्छुक पुरुषहरूले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्नेछन् । फेसबुकमा नै उपलब्ध गराइएको आवेदन फारम ८ मङ्सीर २०७४ सम्ममा सुनधारास्थित जिइइको कार्यलयमा वा जिइइको इमेलमा बुझाइसक्नुपर्ने आयोजकले जनाएको छ प्रतियोगितमा आवेदन दिन १८ देखि ३० वर्षका नेपाली युवाहरू हुनुपर्नेछ भने उचाइ ५ फिट१०इन्चभन्दा बढी र कम्तीमा स्नातकपास गरेको हुनुपर्छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले १४ पुस २०७४ मा हायत रिजेन्सीमा हुनेछ विजेताले म्यानहन्ट इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूले क्रमशः मिस्टरग्लोबल २०१८ तथा मिस्टरयुनिभर्सल एम्बेसेडर२०१८ मा भाग लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?