आरजुले भनिन्– ‘दुई ठुला दल मिलेको विषयमा भारत सकारात्मक, विकासमा सहयोग गर्ने बाचा’

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे ‘ब्रिफिङ’ गरेकी छिन् ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै परराष्ट्रमन्त्री समेत रहेकी डा. राणाले दुई ठुला दल मिलेको विषयमा भारतको सकारात्मक प्रतिक्रिया रहेको बताएकी हुन् ।

त्यस्तै विकासको कुरामा सधैँ सहयोग हुने विश्वास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको ब्रिफिङ गरिन् ।

‘दुई ठुला पार्टी मिलेर बनेको सरकारप्रति कस्तो रिस्पोन्स रहन्छ भन्ने थियो । भेटका क्रममा निकै राम्रो रिस्पोन्स रहेको पाएँ । विकासमा सहयोग गर्छु भन्नु भएको छ,’ उनले भनिन् ।

त्यस्तै आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश मोदीलाई सुनाएको र नेपाल भ्रमणमा आउने विषयमा समेत मोदी सकारात्मक रहेको बताइन् । डेट फिक्स नगरे पनि नेपाल भ्रमणमा आउन मोदी सकारात्मक रहेको उनले बताइन् ।

‘उहाँ (मोदी) नेपाल आउने कुरा भएको छ । तर डेटचाहिँ तोकिएको छैन’, उनले भनिन् ।

परराष्ट्रमन्त्री राणा पहिलो भारत भ्रमण सकेर बिहीबार साँझ नेपाल फर्किएकी हुन् । भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा भारत प्रस्थान गरेकी उनले प्रधानमन्त्री मोदीसहित उच्च पदस्थ व्यक्तिहरुसँग भेट गरेकी थिइन् ।

कांग्रेसको केन्द्रीय समिति साउन २७ र २८ गते बसेर स्थगित भएको थियो । आजबाट पुनः केन्द्रीय समिति बैठक सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?