२०७८,श्रावण,१८,सोमवार

दक्षिण कोरियाले आणविक अश्त्र बनाउदैन– राष्ट्रपति मुन

२०७४,कार्तिक,१५,बुधबार ०८:०२


सोल, १५ कात्तिक – दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताएका छन दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उनले भने– दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड गर्नेछैन र यस्तो अश्त्र पनि बनाउने छैन उनले दक्षिण कोरियाली सरकारको अहिलेको उद्देश्य र सिद्धान्त भनेको निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने अपेक्षा गरिएको पनि सो सम्बोधनका क्रममा बताएका थए उनले आफ्नो सरकारले विशेषगरी कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कार्यलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका माध्यमबाट समग्र एसिया तथा क्षेत्रीय रुपमा शान्तिका लागि सहयोग पुग्ने धारणा पनि राखे यस क्षेत्रमा स्थायित्व र शान्तिको आवश्यकता छ भन्ने कुरामा आफ्नो सरकार प्रतिबद्ध रहेको र यसका लागि दक्षिण कोरियाले ठूलो प्रयत्न गरिरहेको धारणा पनि सो सम्बोधनका क्रममा राखेका थिए बुधबार उनले गरेको यो सम्बोधन उनी राष्ट्रपति भएपछिको दोस्रो सम्बोधन हो । उनले आफ्नो यस सम्बोधनका क्रममा निशस्त्रीकरणलाई नै बढी मात्रामा जोड दिएका थए उनले सो सम्बोधनको प्रमुख अंश शान्ति स्थापनालाई बनाएका र उत्तर कोरियालाई शान्तिप्रति इमान्दार बन्न आग्रह गरेका थिए । त्यस क्रममा उनले उत्तर कोरियाले बारम्बार आणविक होड देखाएर ठूलो गल्ती गरेको पनि बताएका थिए उनले उत्तर कोरियाको समस्या पनि शान्तिपूर्ण रुपमा समाधान गर्नुपर्नेमा जोड दिए । हाल उत्तर कोरियाका विरुद्धमा लगाइएको नाकाबन्दी भनेको उसलाई शान्तिपूर्ण रुपमा समाधानका लागि वार्तामा आउन दिइएको अवसर हो भने यसरी हतियारको मात्र प्रदर्शनले ध्वंस बाहेक अरु केही नहुने भएकाले आगामी दिनमा उसले पनि शान्तिका लागि प्रयत्न गर्नुपर्ने उसँग कुनै समस्या छ भने पनि शान्तिवार्ताको माध्यमबाटै खोज्नुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ उता उत्तर कोरियाले भने बारम्बार आणविक हतियारको परीक्षण गर्दै आएको छ । उत्तर कोरियाले गएको अगष्ट महिनामा पनि पछिल्लो पटक शक्तिशाली आणविक परीक्षण पनि गरेको छ सो आणविक परीक्षणको विश्वव्यापी रुपमा नै वरोध पनि भइआएको छ । उक्त परीक्षणका कारण दक्षिण कोरिया, जापान र अमेरिकालाई अरु देशको तुलनामा बढी मात्रामा तनाव गराएको बताइन्छ सोही कारण पनि दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा जोड दिँदै आएको छ । कोरियाले उत्तर कोरियालाई यसअघि पनि बारम्बार शान्तिवार्तामा जोड दिँदै आएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१५,बुधबार ०८:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको

काठमाडौं । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

चीन । चीनमा कोरोना भाइरसका संक्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै संक्रमित भएकाहरु

टोकियो । ओलम्पिक खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको जापानका थप चार क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९