काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारविरुद्ध विषयमा संसद्मा कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
पछिल्लो समय चर्चामा रहेको भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने विषय, शिक्षामा भएको राजनीतिकरण लगायतका विषयमा कडा रुपमा प्रस्तुत हुने निष्कर्ष निकालेको हो ।
बैठकपछि बोल्दै सो पार्टीका प्रवक्ता मनिष झाले भने, ‘भ्रष्टाचार मुद्दामा हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरण, भ्रष्ट एवम् स्वार्थ बाझिने मन्त्री नियुक्ति गरेको बारेमा छलफल गरेका छौं। यो विषयमा हामी सदनमा कडा रुपले प्रस्तुत हुन्छौं ।’
त्यस्तै अख्तियारले ठुला माछालाई पक्राउ गर्न नसक्ने तर साना खरदार सुब्बालाई समातेको भन्दै कामको फेहरिस्त दिने गरेको टिप्पणी गरे ।
उनले थपे, ‘अख्तियारले निजी क्षेत्रलाई पनि हेर्ने सरकारी क्षेत्रलाई चाहिँ उन्मुक्ति दिँदै जाने, आफ्ना मान्छेलाई नछुने खरदार सुब्बाहरुलाई मात्रै दुख दिने, ठुला माछा नसमात्ने वर्षौँसम्म फाइल अड्काएर राख्नेको विरोध गर्छौँ ।’
त्यस्तै पार्टीका पूर्व महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पुनः स्पष्टीकरण सोध्ने निर्णय रास्वपाले गरेको छ ।
आजको बैठकले स्थानीय तहको उपनिर्वाचनमा रास्वपाले भाग लिने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया